कृषिका अनगिन्ती समस्याहरुका बारेमा तपाईं किसान र कृषि उद्यमीहरु आफैं भुक्तभोगी हुनुहुन्छ । माटो बिग्रिएको छ, सुख्खापन बढेको छ । बाली विरुवामा रोग र किराको संक्रमण बढेको छ । अनावश्यक झारहरु आएका छन् । कृषिको उत्पादन बढ्न सकेको छैन । कृषिको आम्दानीले खर्च धान्दैन । अधिकांश किसानलाई आफ्नो उत्पादनले खानै पुग्दैन । बाध्य भएर युवायुवती विदेशिने क्रम रोकिएको छैन बरु बढ्दो छ । खेतबारी बाँझिदै गएका छन् । गाउँहरु रित्तिदै गएका छन् । मौसममा ठूलो परिवर्तन आईसक्यो । पानीका मुलहरु सुक्दैछन् । मानिस र पशुपंक्षीहरुमा घातक रोगहरु बढिरहेका छन् । यी सबैको कारण भनेको रासायनिक मल र बिषादीको अनियन्त्रित र अब्यवस्थित प्रयोग हो भन्नेमा अब कुनै द्वीविदा छैन ।

पक्कै छ । जहाँ समस्या त्यहीँ उपाय । रासायनिक मल र बिषादीको पनि उत्तम विकल्प छ । त्यो पनि रासायनिक पद्धति भन्दा धेरै प्रभावकारी र बहुआयामी विकल्प । त्यो हो जीवाणु मल र जीवाणु कीटनाशक पदार्थ र त्यसमा आधारित प्रांगारिक अर्थात अर्गानिक कृषि प्रणाली ।
कृषि कर्ममा लाभदायक सुक्ष्म जीवाणुहरुको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । यिनै लाभदायक सुक्ष्म जीवाणुले माटोमा भएका सबै समस्या अर्थात माटो किटीएको, सुख्खा भएको, पानी नसोस्ने, पानी संरक्षण गरेर राख्न नसक्ने, अनेक किसिमका अनावश्यक झारहरु पलाउने, उब्जनी नहुने, रोग र किराको संक्रमणलगायतको समाधान गर्छन् । बालीविरुवामा भएका पनि यस्तै खाले सबै समस्याहरुको समाधान गर्छन् र बालीनालीको उत्पादन र उत्पादकत्व बढाउन अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गर्छन् ।

हाम्रो आँखाले देख्न नसकिने अत्यन्तै साना तर चौबीसै घण्टा खट्ने सूक्ष्म जीवाणुहरु हाम्रो खेतबारी, माटो, बालिनाली, हावा, पानी र समग्रमा भन्दा वातावरणमा सवत्र्र हुन्छन् । वातावरणीय र प्राकृतिक संतुलन बनाइ राख्न तिनीहरुले अत्यन्तै ठूलो भूमिका निर्वाह गरिरहेका हुन्छन् । यस्ता सूक्ष्म जीवाणुहरु तीन प्रकारका हुन्छन् । लाभदायक अर्थात पोजेटीभ, हानीकारक अर्थात नेगेटीभ र निरपेक्ष अर्थात न्यूट्रल । वातावरणमा लाभदायक र हानीकारक जीवाणुु थोरै संख्यामा हुन्छन् र निरपेक्ष जीवाणुको संख्या धेरै हुन्छ । यदि लाभदायक जीवाणु सशक्त र सक्रिय भए भने ती निरपेक्ष जीवाणुले पनि लाभदायक जीवाणुको काम गर्छन् र यदि हानीकारक जीवाणु सशक्त र सक्रिय भए भने ती निरपेक्ष जीवाणुले हानीकारक जीवाणुको भूमिका निर्वाह गर्न थाल्छन् । जसका कारण रोग किरा, अनावश्यक झार आउने, माटो बिग्रीने, पानी सुक्ने र बालीनाली मासिने हुन्छ । रासायनिक मल र बिषादीको अत्यधिक प्रयोगका कारण लाभदायक जीवाणुहरु मासिँदै गएर हानिकारक जीवाणु सक्रिय भएका कारण अहिलेको अवस्था आएको हो । यो परिस्थितिको अन्त्य गरेर लाभदायक जीवाणुको संख्या र भूमिका बढाई कृषि प्रणाली र वातावरण सुधार्न सकिन्छ । यो सजिलो, सस्तो र छिट्टै गर्न सकिने काम हो । यसका लागि थ्री स्टार जीवाणु मल र रोग तथा कीटनाशक प्रयोग गरि लागत प्रभावी प्रांगारिक खेती प्रणाली लागू गर्नु पर्छ । यो कामका लागि प्रांगारिक जीवाणु मल उत्पादक, किसान, कृषि उद्यमी, ब्यवसायी, सम्बद्य संघ–संस्थाहरु, वित्तिय संस्थाहरु र तीन तहका सरकारको सामुहिक र एकीकृत पहल आवश्यक छ ।

यसको पनि सरल उपाय छ । लाभदायक सूक्ष्म जीवाणुहरु पर्याप्त मात्रामा विकास गरिएका प्रांगारिक जीवाणु मल र जीवाणु कीटनाशक नै प्रयोग गर्ने ।
नेपालको झापा जिल्लाको विर्तामोडमा हालसालै “थ्री स्टार” नामक प्रांगारिक जीवाणुमल उत्पादन हुन थालेको छ । उक्त मलले एक बर्ष अर्थात तीनदेखि चार पटकको प्रयोगमा माटोमा पूरा सुधार आउँछ । माटो नरम र बुर्रबुराउँदो बनाउँछ । माटोमा पानी सोस्ने र संरक्षण गर्ने क्षमता बृद्धी गर्छ । बालीविरुवामा रोगकिराको संक्रमण रोक्छ ÷नियन्त्रण गर्छ । बालीविरुवाको जरामा लागेका रोगकिरा हुन् वा पातमा, बोटमा, फलमा जतासुकै लाग्ने रोगकिरा हुन् तिनीहरुको प्रभावकारी नियन्त्रण र निमूर्लन गर्ने क्षमता बढाउँछ ।

त्यो पनि होइन । यो अन्य मल भन्दा सस्तो र प्रयोग गर्न सजिलो छ ।

अन्य सामान्य प्रांगारिक मलहरुमा पोषक तत्वहरु थोरै मात्र हुन्छन् जसका कारण ती मलहरुको प्रभावकारीता कम हुन्छ भने प्रांगारिक जीवाणु मलमा पोषक तत्वहरु पर्याप्त मात्रामा विकास गरिएको हुन्छ । प्रांगारिक जीवाणु मलहरुमा दुई प्रकारका शक्ति विद्यमान छन् । पहिलो स्थीर अर्थात स्ट्याटीकल भ्यालुज जुन नाइट्रोजन, फसफोरस र पोटास तथा अन्य खनिज पदार्थहरुलगायत सुक्ष्मपोषक तत्वहरुका रुपमा पाइन्छ । र दोस्रो, डाइनामिक भ्यालुज अर्थात लाभदायक सुक्ष्मजीवाणुहरु पर्याप्त मात्रामा विकास गरिएको । लाभदायक सुक्ष्मजीवाणुहरु मलका मार्फतबाट खेतबारी र विरुवामा पुग्छन् । ती जीवाणुहरुले त्यहाँ रहेर निरन्तर आफ्ना काम गरिरहन्छन् । त्यस क्रममा माटो र विरुवामा आ–आफ्ना प्राकृतिक गुणहरु पुनःस्र्थापीत हुँदै जान्छन् र तीन बालीचक्र अथवा एक बर्ष भित्रमा नै माटो र कृषि प्रणालीमा नै आमूल परिवर्तन आईसक्छ ।
यी दुवै शक्तिले एकीकृत रुपमा काम गर्न थालेपछि माटो र बालीबिरुवाका सबै समस्या आफैं समाधान हुन थाल्छन् । बिरुवाले हावाबाटै नाइट्रोजन लिन थाल्छ, माटोबाटै फस्फोरस र पोटासको पर्याप्त आपूर्ती हुन थाल्छ । रोग निरोधक शक्ति बृद्धी हुन थाल्छ र त्यसको परिणामस्वरुप उत्पादनको परिमाण र गुण दुवैमा बृद्धी हुँदै जान्छ । लागत खर्च क्रमशः घट्दै जान्छ र आम्दानी बढ्दै जान्छ । केही समयपछि लागत खर्च नगन्य हुन्छ र आम्दानी दोब्बरले बृद्धी हुन थाल्छ ।