१. थ्री स्टार प्रांगारिक जीवाणु मल लाभदायक सुक्ष्म जीवाणुको प्रयोगबाट बनाइएको पुर्णतः प्रांगारिक अर्थात अर्गानिक मल हो । यसले माटो सुर्धाछ, माटोमा पानी सोस्ने र संरक्षण गर्ने
क्षमता बढाउँछ । रोगकिरा र झार नियन्त्रण गर्छ । कृषि उत्पादनको लागत खर्च घटाउँछ र आम्दानी बढाउँछ । यो मल छ महिनासम्म मात्रा मिलाएर नियमित प्रयोग गरेपछि बर्षाैं
सम्म नगन्य मात्रामा प्रयोग गरे पुग्छ ।

थ्री स्टार प्रांगारिक जीवाणु मलहरु दुई प्रकारका छन्। धुलो मल र झोल मल । धुलोमल माटोमा खनजोत गर्ने समयमा छर्ने र बहुबर्षे फलफूलका बोटमा वरिपरि छरेर माटो वा
पातपतिंगरलेछोपिदिए पुग्छ । झोलमल पनि दुई प्रकारका छन्, जरामा हाल्ने र पातमा हाल्ने । जरामा हाल्नेझोलमल १ ली.मा ३ देखि ४ लि.पानी थपेर बाली विरुवाको वरिपरि जराभिज्ने गरि पोखिदिए पुग्छ । पातमा हाल्ने झोलमलमा पनि १ ली.मा ३ देखि ४ लि.पानी थपेर बाली विरुवाको पात र डाँठहरु राम्ररी भिज्ने गरि स्प्रे गरिदिनु पर्छ । बालीमा मलको आवश्कता कति छ भन्ने किसानले आँफै निर्धारण गरि क्रमशः ३ दिन, ६ दिन, १२ दिन र २४ दिनको अन्तरमा हाल्नु राम्रो हुन्छ । पछि विरुवामा लाभदायक जीवाणुहरु फैलि सकेपछि तीन महिनामा एक पटक र कतिपय फलफूलमा त बर्षको एकदेखि दुई पटक मात्र स्प्रे गरे पुग्छ । जरा र पातमा हाल्ने जीवाणु कीटनाशक पनि उपलब्ध छन् । अहिले बाली विरुवामा रोग र किराको संक्रमण बढेको हुनाले कम्पनीले किटनाशक सहितका झोलमलहरु सामान्य झोलमलको मुल्यमा उपलब्ध गराएको छ ।

थ्री स्टार प्रांगारिक जीवाणुमलमा २ प्रकारका शक्तिहरु विद्यमान छन्। पहिलो स्थीर शक्ति जसलाई स्ट्याटीकल भ्यालु भनिन्छ । यसमा एन पी के अर्थात नाइट्रोजन, फसफोरस र पोटास तथा सुक्ष्म पोषक तत्व र खनिजहरु समेत पर्दछन् । जुन अन्य प्रांगारिक मलमा भन्दा थ्री स्टार जीवाणुमलमा बढी हुन्छ । दोस्रो गतिशिल शक्ति वा यसको डाइनामिक भ्याल्यु । थ्री स्टार जीवाणु मलमा बाली विरुवाको आवश्यकता अनुसारका लाभदायक जीवाणुहरु पर्याप्त मात्रामा विकास गरिएका हुन्छन् । ती जीवाणुहरु जब माटोर बाली विरुवामा पुग्छन्तिनीहरुले अनवरत आफ्ना गतिविधिहरु सञ्चालन गरिरहन्छ । यी जीवाणुहरुका प्रभावले विरुवामा हावाबाटै नाइट्रोजन र माटोबाटै फसफोरस, पोटास तथा अन्य सुक्ष्म पोषक तत्व र खनिजहरु सहजै लिन सक्ने क्षमता विकास हुन्छ । अब विरुवालाई कुनै पनि पोषक पदार्थको अभाव हुदैन । साथै उक्त माटो र वातावरणमा कुनै कडा विषादीको प्रयोग वा आगजनी नगरेसम्म ती जीवाणुहरुले आफ्ना वंशबृद्धी गर्ने र गतिविधिहरु सञ्चालन गर्ने गरिरहन्छन् । त्यसैले एक पटक अर्थात कम्तिमा ६ महिना वा दई बालीचक्रसम्म नियमित रुपमा थ्री स्टार जीवाणु मल प्रयोग गरेपछि बर्षौंसम्म अन्य कुनै मल प्रयोग नगरे पनि खासै फरक पर्दैन । तर, युरीया र बिषादी भने प्रयोग गर्न पाईंदैन । युरीया र बिषादीले हामीले
खेतबारी र बालीनालीमा विकास गरेका सुक्ष्म लाभदायक जीवाणुहरुलाई मारिदिन्छन्। 

४. थ्री स्टार जीवाणु मलमा बिगतमा प्रयोग गरिएका डीडीटी, बिसीजी, फोरेडलगायतका कडा बिषादी र युरीया, डीएपीलगायतका रासायनिक मलका अवशेषलाई माटो र वातावरणबाट हटाएर तिनको दुस्प्रभाव शुन्य बनाइदिने क्षमता हुन्छ । यसले कुखुरा फर्म, जुस कारखानाहरु, नगरपालिकाको फोहरलगायतमा फैलिएको दुर्गन्ध र त्यस्ता फोहोरहरुको दुस्प्रभावबाट पनि मुक्त गरिदिन्छ ।

थ्री स्टार प्रांगारिक जीवाणु मलले जलवायु परिवर्तनका दुस्प्रभावहरु पनि न्युन गर्न प्रभावकारी भूमिका निर्वाह गर्छ । पहिलोकुरा त हरितगृह ग्यास उत्सर्जन नियन्त्रणमा सघाउ पुर्याउँछ र दोस्रो वायुमण्डलको ओजोन तहमा थुप्रीएर बसेको भनिएको हरितगृह ग्यासलाई जमिनमा गाड्न सघाउँछ । वैज्ञानिकहरुका अनुसार माटोमा १ प्रतिशत प्रांगारिक पदार्थ बृद्धी हुँदा एक हेक्टर अर्थात नेपालको तराईमा डेढ विगाहा र पहाडमा लगभग २० रोपनीमा ८८ मेट्रीक टन हरित गृह ग्यास
जमिनमा गाडिन्छ । थ्री स्टार जीवाणु मलले कम्तिमा १ प्रतिशत सामान्यतया ३ प्रतिशतसम्म माटोमा प्रांगारिक पदार्थ अर्थात सोयल अर्गानिक म्याटर बृद्धी गर्छ । नेपालमा देशैभरि यो खेती गर्ने हो भने कार्वन फण्डको ठूलो रकम भित्र्याउन सकिन्छ जसले देशको अर्थतन्त्रलाई नै ठूलो टेवा पुर्याउँछ ।

६. थ्री स्टार प्रांगारिक जीवाणु मलले नेपालमा हरित अर्थतन्त्र अर्थात ग्रीन इकोनोमी का लागि बलियो आधार तयार गरिदिन्छ । हाम्रो कृषि पेशा र ब्यवसाय बन्न सकेको छैन यो मलले देशमा कृषिलाई पेशा, ब्यवसाय र उद्यमका रुपमा विकास गर्दै लान्छ । जसले गर्दा कूल गाह्स्र्त उत्पादन अर्थात जीडीपी मा उल्लेख्य बृद्धी हुन थाल्छ । चिया, कफी, अलैंची, सुपारी, अदुवालगायतका नगदेबाली, फलफूल, तरकारी, अनाज, जडिबुटी हरेक क्षेत्रमा ब्यवसायिकता र उद्यमशिलताले मुलुकको अर्थतन्त्र केही बर्ष भित्रैदोब्बर, तेब्बर गर्दै गुणात्मक रुपमा विकास हुन थाल्छ । तब, कृषिमा आधारित अर्थतन्त्रमा मुलुक प्रवेश गर्छ तब हरित अर्थतन्त्रको आधार तयार हुन्छ । अहिले हाम्रो देशको अर्थतन्त्र वैदेशिक रोजगारीबाट प्राप्त
विप्रेषण अर्थात रेमिटेन्समा आधारित हुँदै गएको छ । यो दिगो र भरपर्दाे अर्थतन्त्र होइन । युवा बेचेर देश चलाउनु सबैभन्दा निकृष्ट अभ्यास हो जसमा हाम्रा नीति निर्माताहरु रमाइरहेका छन् र जनताहरु चिन्तित छन्, लज्जाबोध गरिरहेका छन् । हाम्रो देशको पासर्पोट विश्वका सबैभन्दा कम्जोर पासपोर्टको श्रेणीमा पनि सबैभन्दा तल पर्दै गइरहेको छ । यसबाट मुलुकको प्रतिष्ठा बचाउन अब थ्री स्टार मल र यसमा आधारित लागत प्रभावि प्रांगारिक कृषि प्रणाली अवलम्बन गर्न ढीला गर्नु हुँदैन ।