कृषि प्राणालीमा सुधारहरित अर्थतन्त्रको आधार

हाई हिमालयन अर्गानिक प्रा.लि.का उत्पादनहरु :
थ्रीस्टार प्रांगारिक जीवाणु कम्पोष्ट तथा झोल मल
(पात, जरा तथा माटोको लागि)

 यो मल खासगरि माटो खनजोत गर्ने समयमा माटोमा हालेर खनजोत गर्न सकिन्छ । रोपीसकेका बाली र फलफूलका बोटमा जराको वरिपरि थोरै माटो कोट्याएर प्रयोग गर्न सकिन्छ । त्यसरी माटो कोट्याएको ठाउँमा पछि फेरि माटो वा पातपतिंगरले छोपिदिनु पर्छ । तरकारी, अन्न, दाल, तोरीलगायतका सिजनलबालीहरुमा एक बालीमा एक पटक र बहुबर्षे फलफूललगायतका बालीहरुमा बर्षको एक पटकदेखि चारपटकसम्म प्रयोग गर्न सिफारिश गरिन्छ । यो मलले माटोमा आवश्यक सुक्ष्म पोषक तत्वहरु (नाइट्रोज, फसफोरस, पोटास (एनपीके) र खनिजहरु (मिनरल्स) तथा सुक्ष्म जीवाणुहरुको पर्याप्त उपलब्धताको सुनिश्चित गर्छ । यो मललाई माछा पोखरीमा पनि प्रयोग गर्न सकिन्छ । 

३. पातमा प्रयोग गरिने प्रांगारिक जीवाणु झोलमल (फोलियर स्प्रे)ः यो झोललाई स्प्रेयरका माध्यमबाट बालीविरुवाको बोट (पात) मा स्प्रे गरेर प्रयोग गर्न सिफारिश गरिन्छ । खासगरि सिजनलबालीहरुमा विरुवा उम्रिएको तीन सातापछि र चियाबारीमा पहिलो तीन पटक पत्ति टिपेपछि र त्यसपछि दुई वा तीन पटक पत्ति टिपेपछि एक पटक स्प्रे गरे पुग्छ । फलफूल तथा तरकारी बालीहरुमा एक पटकदेखि छपटकसम्म बोट राम्ररी भिज्ने गरेर स्प्रे गर्न सिफारिश गरिन्छ । यो झोलमलमा भएका सुक्ष्म पोषक तत्वहरु विरुवाले पात मार्फत ग्रहण गर्न सक्छन् । स्प्रे गर्दा पातको पछाडिको भाग समेत भिज्ने गरि स्प्रे गर्नु बढी प्रभावकारी हुन्छ । 

यो झोल मललाई बाली र विरुवाको अवस्थाका आधारमा प्रयोग गर्न सकिन्छ । तालिम प्राप्त किसानले यसको विधि र मात्रा आफैं तय गर्न सक्छन् । सामान्यतयाः एक लिटर मलमा चार लिटर पानी थपेर पाँच लिटर बनाइ बाली विरुवाको जरामा प्रयोग गरिन्छ । यो मल खासगरि सिजनलबालीहरुमा बिरुवा उम्रेको तीन सातापछि झिंजरी वा स्प्रेयर अथवा कुनै भाँडोको सहायताले वा पाइपका माध्यमबाट प्रयोग गर्न सकिन्छ । धान, गहुँ, मकैलगायतका अन्नबालीमा कूलोबाट पानी पटाउने क्रममा कूलोको पानीमा मिसाएर पनि प्रयोग गर्न सकिन्छ । चिया, कफी, फलफूलमा पहिलो बर्ष चारदेखि छ पटक र तरकारी बालीहरुमा पहिलो बालीमा एक पटकदेखि चारपटकसम्म जरा भिज्ने गरि प्रयोग गर्न सिफारिश गरिन्छ । दोस्रो बर्षदेखि यो आधि घटाए पुग्छ । 

सामान्यतया थ्री स्टारका मलहरु प्रयोग गरेको ठाउँमा ती मलको प्रभाव परिसकेपछि रोगकिरा आफैं हटेर जान्छन्। यदि कतैबाट कुनै किरा कुनै माध्यमबाट आए वा यी मलहरु प्रयोग गर्न सुरु गर्दैगर्दा रोग किराको प्रकोप परि रहेको छ भने यो झोल प्रयोग गर्न सल्लाह दिइन्छ । सामान्यतयाः यो १ लिटर झोलमा २ देखि ३ लिटर पानी थपेर किरा लागेका बालीविरुवाका पात, काण्ड, फल राम्ररी भिज्ने गरि कम्तिमा तीन पटक तीन तीन दिनको अन्तरालमा स्प्रे गर्नु पद्र्धछ । स्प्रे गर्दा पानी नपरेको समयमा अपरान्ह पख गर्नु राम्रो हुन्छ । तालिम प्राप्त किसानले कुन अवस्थामा कुन मात्रामा कसरी प्रयोग गर्ने तय गर्न सक्नेछन्।

प्रांगारिक खेती किन र कसरि ?

प्रांगारिक खेती किन र कसरी बारे जिज्ञासा को समाधानको लागि अगाडिको Q & A मा जानुहोस

धेरै प्रयास गर्दा पनि बगैचाको दुबो, फुलबारीलाई हराभरा बनाउन सकिएको थिएन थ्रीस्टार प्रांगारिक जीवाणु मलको प्रयोग पछी २ महिनामै बगैचाले रंग रुप फेर्न सफल भएको छ 

जल कुमार गुरङ्ग

अध्यक्ष , मेची आँखा अस्पताल, बिर्तामोड

Welcome to High Himalayan Organic​

High Himalayan Organic (H2O) Pvt. Ltd. is an innovative company working for promoting organic agriculture in Nepal. It is producing organic bio-fertilizers and promoting Organic Farming Technology. H2O is focusing to develop a Model of Green Economy in Nepal and a Model of Climate Smart Agriculture in a global context.

  1. H2O specializes in producing high-quality organic bio-fertilizers in Nepal, enhancing soil, water, and plant health.
  2. Our bio-fertilizers control pests and diseases effectively, while our innovative technology tackles heavy metals and odors.
  3. They improve productivity and competitiveness while minimizing farming costs and labor.
  4. We prioritize sustainability by sourcing organic, locally available raw materials, supporting local economies.
  5. With the potential to double productivity and halve costs compared to conventional methods, our bio-fertilizers promise a transformative impact on agriculture.
  6. We anticipate significant agricultural advancements within a few years, heralding a new era in the profession.
Got to Our ProductsContact us

Vision

To develop a vibrant agricultural innovation ecosystem that creates income and employment, protect health, environment, food security and economic growth

Mission

To provide solutions to improve agricultural. productivity through innovations, knowledge, ideas, technology, and inputs in a sustainable approach

Goal

To develop green economy through making the country Organic

Objectives

To be established as an innovative and effective agri-business enterprise in Nepal.
To develop entrepreneurship in agriculture business